नेपालमा आज ४१९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज ४१९ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ जना पुगेको छ । आज ४१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ७११ रहेको छ ।

पछिल्लो २४ घण्टामा ७५० जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५३ हजार ८५७ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८७० पुगेको छ।

नेपालमा हालसम्म १९ लाख ४२ हजार ७०२ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ५ हजार जनाको परीक्षण गरिएको छ ।

Logo