बैतडीको पाटनमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा झण्डै ३ हजार विरामीले गराए चेकजाँच

बैतडीको पाटनमा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा झण्डै ३ हजार विरामीले गराए चेकजाँच

केन्द्रबिन्दु
196
Shares

बैतडी । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा बैतडीको पाटन नगरपालिकामा सञ्चालन भएको बृहत निःशुल्क स्वास्थ्य शिविरमा झण्डै ३ हजार विरामीले लाभ लिएका छन् ।

बुधबार पाटनको कृष्ण माविमा सांसद शर्माको प्रमुख आतिथ्यमा सम्पन्न भएको स्वास्थ्य शिविरमा २ हजार ७७५ जना स्थानीयले लाभ लिएका हुन् । कार्यक्रमको सभापतित्व नगरप्रमुख गौरीसिंह रावलले गरेकी थिए । विशिष्ट अतिथिमा बैतडीका कांग्रेस सभापति चतुर बहादुर चन्द उपस्थित थिए ।

उक्त शिविरमा १९५ जनाको इसिजी, २२३ जनाको युएसजी, ३७४ जनालाई ल्यावमा चेकजाँच गरिएको थियो । साथै इसीएचओ गर्ने ९३ जना तथा दाँत रोग चेकजाँच गर्नेको संख्या ९१ छ । जसमा १६४ जनालाई ओ.टी. रेफर गरिएको छ। ती विरामीमध्ये अप्रेशन गर्नुपर्ने विरामीलाई निःशुल्क गरिने काठमाडौं मेडिकल कलेज (केएमसी)का महाप्रबन्धक नारायणप्रसाद दाहालले जानकारी दिए ।

सांसद शर्माकै पहलमा अब २५ गते डडेल्धुरामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने तय भएको छ । यसअघि बैतडीको दोगडाकेदार गाउँपालिका, दार्चुलाको शैल्यशिखर नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भइसकेको छ, जसमा हजारौंले स्वास्थ्य लाभ लिएका छन् ।

Logo