सांसद डा. शर्माको पहलमा धुलिखेलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ७५६ गराए उपचार

सांसद डा. शर्माको पहलमा धुलिखेलमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर, ७५६ गराए उपचार

केन्द्रबिन्दु
42
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माको पहलमा काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)ले काभ्रेपलाञ्चोकको धुलिखेलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालका अनुसार धुलिखेल कल्याणकारी सेवा काभ्रेको आयोजनामा संजीवनी माविको प्राङ्गणमा भएको शिविरमा ७५६ बिरामीको निःशुल्क उपचार गरिएको छ । सो क्रममा र ८९ जनाको ईसीजी, १११ जनाको ल्याब परीक्षण तथा ९७ जनाको भिडियो एक्सरे गरिएको थियो । त्यस्तै २९ जनाको दाँत खोलिएको थियो भने २७ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।

सांसद शर्माले सम्हालेपछि केएमसीले सामाजिक उत्तरदायित्वअन्तर्गत निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । यसअघि सांसद शर्मा केएमसीको स्वास्थ्य टोली लिएर सुदूरपश्चिम प्रदेश निस्किएका थिए । डडेल्धुरा, बैतडी र दार्चुलामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दा हजारौंले स्वास्थ्य लाभ लिएका छन् ।

Logo