स्वास्थ्यकर्मी विद्यार्थीलक्षित केएमसीको अभिमुखीकरण कार्यक्रम सम्पन्न

स्वास्थ्यकर्मी विद्यार्थीलक्षित केएमसीको अभिमुखीकरण कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
14
Shares

काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । केएमसीमा अध्ययनरत स्वास्थ्यकर्मी विद्यार्थीहरुलाई लक्षित गर्दै अभिमुखीकरण कार्यक्रम गरिएको हो ।

केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालका अनुसार एमबीबीएसको २७औँ समूह बीडीएसको १२औँ समूह, बीएससी नर्सिङको १८औँ समूह र बीपीटीको तेस्रो समूहलाई अभिमुखीकरण कार्यक्रम गरिएको हो । केएमसीको एमबीबीएसमा १००, बीडीएसमा ४०, बीएससी नर्सिङमा ४० तथा बीपीटीमा २० जना विद्यार्थी रहेका छन् ।

अभिमुखीकरण कार्यक्रममा केएमसीका सीईओ डा. केपी शर्मा, प्रिन्सिपल प्राडा रतेन्द्रनाथ श्रेष्ठ, भाइस प्रिन्सिपल डा. सुशील खरेल, नर्सिङ डाइरेक्टर सबिता पाण्डे, डेन्टल डाइरेक्टर डा. भागवत भट्टराई, बीपीटी डाइरेक्टर प्रकाश महतो, हस्पिटल डाइरेक्टर डा. सुमन श्रेष्ठ लगायतले सम्बोधन गरेका थिए ।

Logo