सांसद डा. सुनिल शर्माको सहयोगमा शिविरबाट रेफर भएका २० बिरामीको केएमसीमा निःशुल्क उपचार

सांसद डा. सुनिल शर्माको सहयोगमा शिविरबाट रेफर भएका २० बिरामीको केएमसीमा निःशुल्क उपचार

केन्द्रबिन्दु
42
Shares

काठमाडौं मेडिकल कलेज सिनामंगलमा शिविरबाट रेफर भएर आएका २० बिरामीको निःशुल्क शल्यक्रिया भएको छ ।

नेपाली कांग्रेसका सांसदसमेत रहेका डा. सुनिल शर्माकाे नेतृत्वमा गत माघ २५ गते डडेल्धुरा अस्पतालमा गरिएको निःशुल्क स्वास्थ्य शिविरवाट रेफर भएका २० बिरामीको उपचार तथा शल्यक्रिया भएहेको हो। शिविरबाट थप उपचार तथा शल्यक्रियाका लागि रेफर गरिएका बिरामिको निःशुल्क उपचारका लागि सहयोग र समन्वय नेविसंघ डडेल्धुराका सभापति पवन ऐर र सदस्य भट्टले गरिरहेका छन्।

त्यतिबेला डडेल्धुरा जिल्ला अस्पतालमा भएको शिविरमा दुई हजार ५२७ बिरामीले लाभ लिएका थिए । उक्त शिविरमा १४७ जनाको इसिजी, १९५ जनाको युएसजी, २१३ जनालाई ल्यावमा चेकजाँच गरिएको थियो । साथै इसीएचओ गर्ने ८३ जना तथा दाँत रोग चेकजाँच गर्नेको संख्या ७७ छ । जसमा १४४ जनालाई ओ.टी. रेफर गरिएको थियाे । तीमध्ये हालसम्म २० बिरामीको उपचार तथा शल्यक्रिया भएकाे हाे ।

सांसद डा. शर्माले दुर्गम गाउँका जनतालाई स्वास्थ्य चेकजाँचका लागि केही राहत होस् र पैसा नभएका कारण कोहि पनि उपचारबाट वञ्चिन हुन नपरोस् भन्ने हेतुले सहयोग गरिरहेको बताएका छन् । काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडको स्वास्थ्य टोली लिएर सुदूरपश्चिम प्रदेशमा पुगेका उनले बैतडीको पाटन नगरपालिका, दोगडाकेदार गाउँपालिका, दार्चुलाको शैल्यशिखर नगरपालिकामा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेका थिए, जसमा हजारौंले स्वास्थ्य लाभ लिएका थिए ।

Logo