सांसद शर्माको पहलमा केएमसीद्वारा कीर्तिपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

सांसद शर्माको पहलमा केएमसीद्वारा कीर्तिपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन

केन्द्रबिन्दु
36
Shares

काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले कीर्तिपुरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।

केएमसीका प्रबन्धक नारायणप्रसाद दाहालका अनुसार जनसेवा सेकेन्डरी स्कुल कीर्तिपुरको आयोजनामा स्कुलको प्राङ्गणमा भएको स्वास्थ्य शिविरमा ७६३ बिरामीको निःशुल्क उपचार गरिएको छ । बिरामीमध्ये ८७ जनाको ईसीजी, १११ जनाको ल्याब परीक्षण र ९६ जनाको भिडियो एक्सरे गरिएको थियो । त्यस्तै, २२ जनाको दाँत खोलिएको थियो भने ३४ बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको छ ।

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले केएमसीले सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । सांसद डा. शर्माले दुर्गम गाउँका जनतालाई स्वास्थ्य चेकजाँचका लागि केही राहत होस् र पैसा नभएका कारण कोहि पनि उपचारबाट वञ्चिन हुन नपरोस् भन्ने हेतुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिरहेका छन् । यसअघि अर्घाखाँची, पाल्पामा पनि निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको थियो । साथै सुदूरपश्चिमका जिल्लामा पनि स्वास्थ्य शिविर आयोजना गरिएको थियो ।

Skip This
Skip This
Logo