बागमतीका किशोरीहरुलाई एचपीभी भाइरसविरुद्धको दोस्रो मात्रा खोप दिँइदै

बागमतीका किशोरीहरुलाई एचपीभी भाइरसविरुद्धको दोस्रो मात्रा खोप दिँइदै

केन्द्रबिन्दु
9
Shares

काठमाडौं। बागमती प्रदेशका१३ जिल्लाका किशोरीहरुलाई आजदेखि पाठेघरको मुखको क्यान्सरविरुद्धको खोप (एचपीभी)को दोस्रो मात्रा दिइँदैछ।

गएको भदौमा डेमोस्ट्रेसन कार्यक्रमको रूपमा सातै प्रदेशका किशोरीहरुलाई लगाइएको पहिलो ‘ह्युमन प्यापिलोमा भाइरस’ विरुद्धको खोपको दोस्रो मात्रा ६ महिनापछि आज दिन लागिएको हो।

जसअन्तर्गत १४ वर्ष पूरा भई १५ ननाघेका किशोरी बालबालिकालाई काठमाडौंको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालबाट खोपको दोस्रो मात्रा दिइनेछ।

खोप सबै प्रदेशका प्रदेशस्तरीय अस्पतालबाट दिइँदैछ। खोपको पहिलो मात्रा लिएकाले कार्ड लिएर दोस्रो मात्रा लिन तोकिएको अस्पतालमा गएर खोप लगाउन सक्नेछन्।

एचपीभी एक प्रकारको जीवाणु हो जुन पाठेघरको मुखको क्यान्सरको प्रमुख कारक तत्व भएको विभिन्न अनुसन्धानबाट पुष्टि भएको छ। पाठेघरको मुखको क्यान्सरमध्ये ९५ प्रतिशत एचपीभी जीवाणुले गराउँछ।

एचपीभीका जीवाणुका २०० बढी प्रजाति हुने र तीमध्ये १६ र १८ प्रजातिले क्यान्सर गराउने हुनाले सरकारले पाठेघरको मुखको क्यान्सरबाट जोगाउन यही वर्षबाट १४ वर्ष पूर भएका र १५ वर्ष ननाघेका किशोरीहरुलाई निःशुल्क खोप लगाउने अभियान थालेको छ।

दोस्रो मात्राको खोप अभियानमा चैत्र ६ गते लुम्बिनी प्रदेशमा र ७ गते कोशी, गण्डकी,कर्णाली र मधेश गरी एकै दिन चार प्रदेशमा खोप लगाइएको थियो। चैत्र ८ गते अर्थात् आज बागमतीमा र चैत १५ गते सुदूरपश्चिम प्रदेशमा खोप दिँइदैछ।

Skip This
Skip This
Logo