केएमसीले भित्र्यायाे करोडौं पर्ने बाईप्लेन क्याथ मेसिन, यसरी गर्छ नसा र प्यारालाइसिसको उपचार [भिडियाे]

केएमसीले भित्र्यायाे करोडौं पर्ने बाईप्लेन क्याथ मेसिन, यसरी गर्छ नसा र प्यारालाइसिसको उपचार [भिडियाे]

केन्द्रबिन्दु
784
Shares

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) अस्पतालले आधुनिक प्रविधि प्रयोग गरी उपचार गर्ने मेशिन भित्र्याएको छ । केएमसी अस्पतालले नेपालमा बाईप्लेन क्याथ ल्याब मेसिन भित्र्याएको हो ।

करोडौं रुपैयाँ पर्ने यो मेशिन नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै सहज उपचार व्यवस्थापन गर्नको लागि भित्र्याएको केएमसीअस्पतालका न्यूरोइन्टरभेन्शनल रेडियोलोजिस्ट डा. पारस थापाले जानकारी दिए ।

उपचारको लागि उत्कृष्ट अस्पतालमा पर्ने केएमसीले बाईप्लेन क्याथ ल्याब मेसिन भित्रयाएपछि बिरामीका समस्यालाई सहजै पहिचानी उपचार गर्दै आएको छ । बाईप्लेन क्याथ ल्याब मेसिन उपचार पद्धतिको लागि चाहिले एउटा एडभान्स मेसिन हो । उक्त मेसिनको साहयताबाट नसा साथै प्यारालाइसिस उपचार हुन्छ ।

‘यो मेसिनबाट धेरै प्रकृतिका उपचार गर्न मिल्छ, दिमागको नसा बिग्रिएको छ छैन हेर्न, नसा ड्यामेज भएको नभएको विषयलाई पत्ता लगाउन साथै दिमागमा भएको नसाका समस्या पहिचान गर्नमा यस ल्याबले मदत गर्छ,’ थापाले भने ।

उक्त मेसिनको सहायताले विभिन्न कोणबाट फोडी क्वालिटीमा भित्रको समस्या हेर्न सकिने थापाले बताए । यति मात्र नभई केएमसी अस्पतालले प्रविधिका माध्यबाट विभिन्न प्रकारका रोगहरूको उपचार गराउँदै आइरहेको छ ।

थापाका अनुसार केएमसी अस्पतालले सामान्य शुल्कमा नै गुणस्तर सेवा दिदै आएको छ । बिरामीको अवस्था हेरेर केएमसीले निःशुल्क उपचार साथै सेवा शुल्कमा छुट दिँदै आएको हो । अन्य नीजि अस्पताल भन्दाकेएमसीमा उपचार गर्दा धेरै हदसम्म सस्तोमा उपचार हुनेथापाको भनाइ छ ।

Logo