सांसद डा. सुनिल शर्मा केएमसीकाे टाेलीसहित रुकुमकोटमा, दुई हजार बिरामीको निःशुल्क उपचार

सांसद डा. सुनिल शर्मा केएमसीकाे टाेलीसहित रुकुमकोटमा, दुई हजार बिरामीको निःशुल्क उपचार

केन्द्रबिन्दु
210
Shares

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्मा काठमाडौं मेडिकल कलेज (केएमसी)का विशेषज्ञ चिकित्सकको टोलीसहित पूर्वी रुकुमकाे भ्रमणमा छन् ।

ग्रामिण क्षेत्रका जनतालाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा दिनुपर्छ भन्ने उदेश्यका साथ पूर्वी रुकुमका स्थानीय तहहरुको भ्रमणमा रहेका सांसद शर्मा रुकुमकोट पुगेका हुन् । उनकै नेतृत्वको केएमसीको स्वास्थ्य टोलीले शुक्रबार सिस्ने गाउँपालिका वडा नं. ५ मा सञ्चालन गरेको बृहद् निःशुल्क स्वास्थ्य शिविरमा झण्डै दुई हजार बिरामीको उपचार गरिएको छ ।

केएमसीका प्रबन्धक नारायण दाहालका अनुसार शिविरमा १८७५ जना बिरामीको स्वास्थ्य जाँच गरिएको छ । शिविरमा १२० जनाको इसिजी, १८२ जनाको ल्याब परीक्षण, १९५ जनाको भिडियो एक्सरे गरिँदा ६५ जनाको इको गरिएको छ । शिविरमा ५५ जनाको दाँत खोलिएको थियो भने, १०७ जनालाई थप उपचारका लागि ओ.टी. रेफर गरिएको उनले जानकारी दिए ।

शिविरमा महिला, ज्येष्ठ नागरिक, स्थानीय गरिब, विपन्न नागरिकहरुले केएमसीका विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा पाएका थिए । शिविरमा नाक कान घाँटी, आँखा रोग, दन्त रोग, जनरल मेडिसिन, स्त्री तथा प्रसुति, नशा तथा हाडजोर्नी, बाल रोग सम्बन्धी सेवाहरु दिइएको छ ।

कार्यक्रममा केएमसीका प्रबन्धक दाहालले निःशुल्क स्वास्थ्य शिविरबारे प्रकाश पारेका थिए ।

शिविरको उद्घाटन गर्दै सांसद शर्माले जनतालाई राज्यले सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्न नसकेपनि व्यक्तिगत रुपमा आफू लागि परेको बताए । समाज सेवा र राजनीति एक अर्काका पूरक रहेको औल्याउँदै उनले दुर्गमका जनतालाई गुणस्तरीय स्वास्थ्य सेवा र शिक्षा प्रदान गर्न राज्यले विशेष ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसद डा. शर्माले दुर्गम गाउँका जनतालाई स्वास्थ्य चेकजाँचका लागि केही राहत होस् भन्ने हेतुले यसअघि पनि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । यहीबीचमा उनी पूर्वी रुकुमसहित छ जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दैछन् ।

Logo