केएमसीमा उपचार गर्दा हेमोडायलाईसिसका बिरामीलाई १ लाखसम्मको सहुलियत

केएमसीमा उपचार गर्दा हेमोडायलाईसिसका बिरामीलाई १ लाखसम्मको सहुलियत

केन्द्रबिन्दु
84
Shares

काठमाडौं । नेपाल सरकार र सिनामंगलस्थित् काठमाडौं मेडिकल कलेज(केएमसी)बीच मृगौला रोगका बिरामीलाई हेमोडायलाईसिस उपचारमा सहुलियत दिने सम्झौता भएको छ।

गत आइतबार भएको सम्झौतानुसार हेमोडायलाईसिस रोगको उपचार गर्दा सरकारले १ लाख रूपैयाँ बराबरको सहुलियत दिने भएको हो।

सम्झौतापछि हेमोडायलाईसिस रोगीहरूले सरकारले उपलब्ध गराएको १ लाख रूपैयाँ बराबरको उपचार केएमसीमा नि:शुल्क रूपमा पाउने छन्। उपचार गर्दागर्दै सो रकम सकिएपछि पनि अस्पतालले त्यस्ता बिरामीलाई सहुलियत रकममा उपचार गर्ने छ।

स्थानीय तहमा गठन भएको विपन्न नागरिक औषधी उपचार समितिबाट सिफारिस भएर आएका बिरामीलाई विपन्न नागरिक उपचार कार्यक्रम संचालन निर्देशिका २०८० को परिधिभित्र रहेर अस्पतालले उपचार गर्ने सम्झौतामा उल्लेख छ।

यस्तै, अस्पतालले मुटुका बिरामी रोगीहरूलाई पनि सरकारसँग सम्झौता गरेर सहुलियतपूर्ण उपचार गरिरहेको छ।

Logo