सांसद डा.शर्मा केएमसीको टोलीसहित पुगे तनहुँ, १३ सय बढीले गराए निःशुल्क उपचार

सांसद डा.शर्मा केएमसीको टोलीसहित पुगे तनहुँ, १३ सय बढीले गराए निःशुल्क उपचार

केन्द्रबिन्दु
60
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको पहलमा तनहुँ-६ भिमादमा बृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।

काठमाडौं मेडिकल कलेज (केएमसी)का विशेषज्ञ चिकित्सकको टोलीसहित स्वास्थ्य भ्रमणमा रहेका सांसद शर्माको टोलीले जनज्योति क्याम्पसको आयोजनामा जनज्योति माध्यमिक विद्यालयको प्राङ्गणमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

सञ्चालित शिविरमा १३ सय ५० बिरामीले नि:शुल्क स्वास्थ्य सेवा लिएका छन्। जसमध्ये ९७ जनाले इसीजी, २ सय १० जनाले ल्याब परीक्षण, २ सय १० जनाले युएसजी, ८५ जनाले इको, ६५ जनाले दाँत निकालेका छन्। त्यस्तै, ५५ जनालाई रिफर गरिएको छ।

नेपाली कांग्रस तनहुँका सभापति तथा जनज्योति क्याम्पसका अध्यक्ष जितप्रकाश आलेको सभापतित्वमा सञ्चालित कार्यक्रमको प्रमुख अतिथि सांसद डा. शर्मा, विशिष्ट अतिथि कांग्रेस खोटाङ जिल्लाका पूर्वसभापति सुभास पोखरेल, अतिथि तरूण दल केन्द्रीय सदस्य राजिब लामिछानेलगायत वडाध्यक्ष र अन्य सामाजिक व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा सांसद शर्मा, खोटाङ जिल्लाका पूर्वसभापति पोखरले र नारायण दाहालले मन्तव्य राखेका थिए।

पछिल्लो समय सांसद डा. शर्माले दुर्गम गाउँका जनतालाई स्वास्थ्य चेकजाँचका लागि केही राहत होस् भन्ने हेतुले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । यसअघि पूर्वी रुकुमको रुकुमकोट, बाग्लुङको बडिगाड, पर्वतको विहादीमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको थियो ।

Logo