निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत

निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी सङ्कल्प प्रस्ताव स्वीकृत

केन्द्रबिन्दु
42
Shares

काठमाडौं । राष्ट्रियसभाको आजको बैठकले ‘निःशुल्क स्वास्थ्य उपचारको सुनिश्चिततासम्बन्धी’ संकल्प प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।

राष्ट्रियसभाको आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका सभापति कमला देवी पन्तले उक्त प्रस्ताव पेश गरेका थिए। उक्त प्रस्तावमाथि छलफलपछि राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्णयार्थ प्रस्तुत गरेका थिए। उक्त प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो।

“सङ्कल्प प्रस्तावमा उल्लेखित विषयको कार्यान्वयनका सरकार र कार्यान्वयन भए/नभएको बारे अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई निर्देशन दिइन्छ”, अध्यक्ष दाहालले निर्देशन दिँदै भने।

आजको बैठकमा उप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले सङ्कल्प प्रस्तावमा उल्लेखित विषयलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। खोप सेवा, एकीकृत नवजात शिशु तथा बालरोग, कुपोषण, परिवार नियोजन, मातृ तथा नवजात शिशुलगायत विभिन्न नौ वटा शीर्षकमा स्वास्थ्य सेवा उपलब्ध भइरहेको बताउनुभयो। पालिकास्तरका स्वास्थ्यकेन्द्र निर्माण भइरहेको पनि उनले बताए।

देशभरका २३ लाख ९४ हजार छ सय ९५ घरधुरीका ७७ लाख २७ हजार तीन सय ६३ जना स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएको पनि उनले बताए। त्यसैगरी पाँच लाख १६ हजार एक सय १० जना अति विपन्न परिवारका व्यक्ति, आठ लाख ९४ हजार तीन सय १० जना ज्येष्ठ नागरिक, ३५ हजार पाँच सय ९६ जना एचआइभी संक्रमित, एक लाख ४२ हजार आठ सय जना अति असक्त अपाङ्ग, तीन हजार सात सय ४२ जना कुष्ठरोग संक्रमितलाई निःशुल्क स्वास्थ्य बिमा गरिएको बताए।

विपन्न नागरिक औषधि उपचार कोष निर्देशिकाले उल्लेख गरेका कडा खालका रोगको उपचारका लागि रु एक लाखसम्म रकम उपलब्ध गराएको उाले बताए। प्रमुख राजमार्ग छेउमा ट्रमा सेन्टर स्थापना गर्ने काम अघि बढेको स्वास्थ्यमन्त्री यादवले बताए।

Logo