बुढानिलकण्ठ १ मा केएमसीकाे टाेली, पाए ६ सय बढीले निःशुल्क उपचार

बुढानिलकण्ठ १ मा केएमसीकाे टाेली, पाए ६ सय बढीले निःशुल्क उपचार

केन्द्रबिन्दु
56
Shares

काठमाडौं। नेपाली कांग्रेसका सांसद डा.सुनिलकुमार शर्माको पहलमा बुढानिलकण्ठ नगरपालिका १ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ।

काठमाडौं मेडिकल कलेज (केएमसी)का विशेषज्ञ चिकित्सकको टोलीसहित स्वास्थ्य भ्रमणमा रहेका सांसद शर्माको टोलीले बुढानिलकण्ठ नगरपालिका १ मा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

डा. शर्माद्वारा सञ्चालित उक्त शिविरमा ६ सय २१ बिरामीले नि:शुल्क स्वास्थ्य सेवा लिएका छन्। जसमध्ये ४५ जनाले इसीजी, ८९ जनाले ल्याब परीक्षण, ९८ जनाले युएसजी, ८५ जनाले इको र २३ जनाले दाँत निकालेका छन्। त्यस्तै, ३२ जनालाई रिफर गरिएको छ।

Logo