सांसद शर्मासहित केएमसीको टोलीले सुदूर र कर्णालीका जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

सांसद शर्मासहित केएमसीको टोलीले सुदूर र कर्णालीका जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने

केन्द्रबिन्दु
462
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा.सुनिलकुमार शर्मासहित काठमाडौं मेडिकल कलेज(केएमसी)को समूहले सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने भएका छन्।

शुक्रबार सांसद शर्माले केएमसीको टोलीसहित सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने जानकारी दिएका हुन्।

सांसद शर्माका अनुसार सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न जिल्लामा केएमसीका २५ जनाको समूहमा रहेका विशेषज्ञ चिकित्सकले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्नेछन्।

शिविरमा ठूलो रोग जस्तै: मुटु, मिर्गौला, पाठेघरसहित स्त्रीरोग, नाक, कान, घाँटीलगायतको शल्याक्रिया गर्नुपरे विपन्न र असाहयता बिरामीलाई काठमाडौं लगेर निःशुल्क उपचार गराइने सांसद शर्माले बताएका छन्।

उनका अनुसार बैशाख १३ गते डोटीको दिपायल बजार, बैशाख १५ गते बाजुराको पिलुचौर, बैशाख १७ गते हुम्लाको सर्केघाट, बैशाख १९ गते मुगुको गमगढी र २१ गते कालीकोटको नाग्मामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुनेछ।

सांसद शर्मासहितको टोलीले यस अगाडिपनि देशका विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिसकेको छ।

Logo