डा. रिजालको अध्यक्षतामा फर्टिलिटी सोसाईटी अफ नेपालको नयाँ कार्यसमिति गठन

डा. रिजालको अध्यक्षतामा फर्टिलिटी सोसाईटी अफ नेपालको नयाँ कार्यसमिति गठन

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । फर्टिलिटी सोसाईटी अफ नेपाल (एफईएसओएन)को नयाँ कार्यसमिति वरिष्ठ प्रसुति तथा स्त्री रोग विशेषज्ञ डा.भोला रिजालको अध्यक्षतामा निर्वाचित गरिएको छ।

शनिबार सम्पन्न संस्थाको पहिलो वार्षिक साधारण सभाले रिजालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ समितिमा वरिष्ठ उपाध्यक्षमा डा.उमा श्रीवास्तव, उपाध्यक्षमा डा.ज्ञानेन्द्रमानसिंह कार्की, डा.सानुमैया श्रेष्ठ र डा.सविना श्रेष्ठ निर्विरोध निवार्चित भएका छन्। यस्तै, महासचिवमा डा.स्वस्ति शर्मा निर्वाचित भएकी छन्।

सह महासचिवमा डा.रश्मी श्रीश,कोषाध्यक्ष डा.मीरा थापा निर्वाचितहुँदा सदस्यमा डा.उषा खाँण, डा.प्रेरणा दाहाल, डा.चेतना श्रेष्ठ, डा.गिरिधर शर्मा निर्वाचित भएका छन्।

नव निर्वाचित अध्यक्ष डा.रिजालले नेपालमा निसन्तान सेवाको विकासमा अन्तराष्ट्रियस्तरको उपचार प्रदान गर्नका लागि वातावरण बनाउने र यसका लागि सामूहिक पहल गर्ने समाजको उदेश्य रहेको बताएका छन्। उनले भने, ‘पहिले मेरै नेतृत्वमा तदर्थ समिति थियो। सोही समितिमा अहिले पोखराबाट डा.गिरिधर शर्मा थपिनु भएको छ। र, नयाँ कार्यसमिति सर्वसम्मतीबाट निर्वाचित भयो।’

Logo