सांसद डा. सुनिल शर्माकाे अगुवाइमा बालकुमारीमा ५३० बिरामीको निःशुल्क उपचार

सांसद डा. सुनिल शर्माकाे अगुवाइमा बालकुमारीमा ५३० बिरामीको निःशुल्क उपचार

केन्द्रबिन्दु
56
Shares

काठमाडौं । काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) को स्वास्थ्य टोलीले शुक्रबार बालकुमारीमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ ।

नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको अगुवाइमा आयोजना भएको उक्त स्वास्थ्य शिविरमा ५३० जना बिरामीको निःशुल्क उपचार भएको हो । केएमसीका महाप्रबन्धक नारायणप्रसाद दाहालले उक्त शिविर नेपाल विद्यार्थी संघको आयोजनामा नेशनल कलेज अफ इन्फरमेसन टेक्नोलोजी (एनसीआईटी) को प्राङ्गणमा भएको बताए ।

उनका अनुसार कुल बिरामी मध्ये ४५ जनाको ईसीजी, ७७ जनाको ल्याब परीक्षण र ९८ जनाको भिडियो एक्सरे भएको छ । दाहालले २३ जनाको दाँत खोलिएको थियो भने २२ जना बिरामीलाई शल्यक्रियाका लागि रेफर गरिएको पनि बताए । शल्यक्रियाका लागि अस्पताल पठाइएका बिरामीहरूको पनि निःशुल्क उपचार भएको छ । 

डा. शर्माले देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर आयोजना गर्दै बिरामी उपचार गर्दै आएका छन् भने त्यहाँ उपचार हुन नसकेका बिरामीलाई आफ्नै अस्पतालमा बाेलाएर निःशुल्क उपचार पनि गर्दै आएका छन् ।

Skip This
Logo