काठमाडौं । नेपालमा पहिलो पटक इन्डोसकोपी सोसाईटी नेपालको सहकार्यमा जेष्ठ २ देखि ४ गतेसम्म काठमाडौं मोडेल अस्पतालमा ल्याप्रोस्कोपिक वर्कसप र नेपाल नेशनल अस्पतालमा हिस्टेरोस्कोपी वर्कसप सञ्चालन भएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरी सञ्चालनमा आएको यो कार्यक्रमा नेपाललगायत ७ राष्ट्रका १५५ जना विज्ञ चिकित्सकहरु सहभागिता रहेका आयोजक टिमले बताएको छ ।

सो कार्यक्रममा ल्याप्रोस्कोपिक वर्कसपमा २१ जना र हिस्टेरोस्कोपी वर्कसपमा ५५ जना चिकित्सकहरुले तालिम प्राप्त गरेका छन् । यस्तो वर्कसपले सिक्ने सिकाउने अवसर प्रधान गर्नुको साथसाथै विदेश गएर खर्चिलो उपचार गराउन नसक्ने बिरामीलाई टेवा पुग्ने काठमाडौं मोडेल अस्पतालका प्रमुख डा. गणेश दङ्गालले बताए ।

नेपाली आमाहरुले नेपालमा नै बसेर अन्तर्राष्ट्रिय उपचार पाउने अवसर सिर्जना भएको पनि उनले जानकारी दिए । पूर्वराष्ट्रपति भण्डारीले भविष्यमा यस्तो कार्यक्रम सरकारी निकायबाट पहल भई सरकारी अस्पतालमा पनि सञ्चालन हुनुपर्ने बताइन् ।





























प्रतिक्रिया