अल्फा हेल्थ केयरले महाराजगंजमा खोल्यो दोस्रो आउटलेट, यस्ता छन् सेवा सुविधा

अल्फा हेल्थ केयरले महाराजगंजमा खोल्यो दोस्रो आउटलेट, यस्ता छन् सेवा सुविधा

केन्द्रबिन्दु
812
Shares

काठमाडौंको नयाँ बानेश्नरमा अवस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले सेवा विस्तारको क्रममा महाराजगंजमा आउटलेट खोलेको छ ।

स्वास्थ्य क्षेत्रमा सर्वसाधारणहरुको सहज पहुँच र गुणस्तरिय सेवा दिनका लागि अल्फा हेल्थ केयरले नयाँ आउटलेट खोलेको हो । आउटलेटको उद्घाटन अल्फाबिटा कम्प्लेक्सका निर्देशक द्विराज शर्माले आफ्नो रगत परिक्षणका लागि दिएर गरेका थिए ।

अत्याधुनिक उपकरण र विज्ञ स्वास्थ्यकर्मीको आबद्धता रहेको यो ल्याब आइएसओ सर्टिफाइड ए ग्रेडको ल्याव हो । यसअघि अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले वीर हस्पिटल अघि पनि पहिलो आउटलेट खोलिसकेको छ ।

अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले आफ्नो आउटलेटमा प्याथोलोजिकल टेष्टलगायत सम्पूर्ण ल्याब्रोटरी टेष्टहरु गर्नेछ । आउटलेटमा पनि अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरमा जस्तै गरी हरेक हप्ताको शुक्रबार र शनिबार उपचारमा विभिन्न छुटहरुको व्यवस्था गरिने अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरका विजनेश हेड दिपकराज जोशीले जानकारी दिए ।

Logo