विश्वकै दोश्रो स्थानमा रहेको ‘नियोडेन्ट इमप्लान्ट सिस्टम’अब पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा

विश्वकै दोश्रो स्थानमा रहेको ‘नियोडेन्ट इमप्लान्ट सिस्टम’अब पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा

केन्द्रबिन्दु
826
Shares

काठमाडौं । पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल र इस्ट वेस्ट इन्टरप्राइजेज प्रालिको संयुक्त सहकार्यमा स्ट्राउम्यान ग्रुपको ‘नियोडेन्ट इमप्लान्ट सिस्टम’ को ‘प्रत्यक्ष शल्यक्रिया’सम्पन्न भएको छ।

भारतीय प्रख्यात इमप्लान्ट विशेषज्ञ प्रोफेसर डा रशित हेगडे र पिपल्स कलेजका डा श्याम काजी महर्जनसहित चिकित्सकको समूहले हिजो(शनिबार) सोह्रखुट्टेस्थित् पिपल्स डेन्टल कलेज एण्ड हस्पिटलमा ‘नियोडेन्ट इमप्लान्ट सिस्टम’ को ‘प्रत्यक्ष शल्यक्रिया’ गरेका हुन्।

यो ‘नियोडेन्ट इमप्लान्ट सिस्टम’ हाल विश्वका ९५ देशमा सबैभन्दा बढी संख्यामा गरिने इमप्लान्ट रहेको र यो गुणस्तरीय र लाभदायक रहेको बताइएको छ। विगत ३० वर्ष देखि हुँदै आएको यो इमप्लान्ट विश्वको दोश्रो सूचीमा रहेको काठमाडौं मेडिकल कलेज(केएमसी) अस्पतालका प्रबन्धक नारायण दाहालले बताए।

हालैको तथ्याङ्क अनुसार वार्षिक ६० लाखभन्दा बढी विश्वभरका बिरामीले यो इमप्लान्ट प्रयोग गरिसकेको प्रबन्धक दाहालले बताए ।

अस्पताल निर्देशक प्रा डा अन्जना राजभण्डारीले यो इमप्लान्टको सफलता दर धेरै राम्रो रहेको तथा विश्वभरका ९५ देशहरुमा प्रयोग भइरहेको हुँदा इमप्लान्टगर्न आउने बिरामीहरूलाई लाभदायक हुने बताए।

अस्पतालका प्रमुख कार्यकारी अधिकृत भिमबहादुर चन्दले इस्ट वेस्ट इन्टरप्राइजेजसँग सहकार्य गरि स्ट्राउम्यान ग्रुपको ‘नियोडेन्ट इमप्लान्ट सिस्टम’ लाई हस्पिटलमा इमप्लान्ट गर्न आउने बिरामीहरुलाई नियमित रुपमा गुणस्तरीय एवम् सहज हुने गरि सेवा दिने बताए। उनले हिजो भएको ‘प्रत्यक्ष शल्यक्रिया’लाई कुमारी कम्प्लेक्सको अल्फोट होटलबाट २ सय जनाभन्दा बढी चिकित्सकहरूले प्रत्यक्ष हेरिरहेको जानकारी गराए।

पिपल्स डेन्टल कलेजमा अब यो इमप्लान्ट गर्ने बिरामीहरूलाई नियमित रुपमा सेवा गरिने जानकारी दिइएको छ।

पिपल्स डेन्टल कलेज एण्ड हस्पिटल नेपालको पहिलो र गुणस्तरीय कलेजका रुपमा डेन्टलका अत्याधुनिक मेसिनको सीबीटी, ओपीजी, सीइपीएच, जर्मन लेजर, डिजिटल एक्स-रे इत्यादि सहितका रेडियोलोजीका उपकरण प्रयोग गरी विगत २८ वर्षदेखि सञ्चालनमा रहेको छ।

Logo