काभ्रे।
काभ्रे जिल्लामा आज १ जना संक्रमित थपिएका छन् । आज २१ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा ३ हजार १०९ जना संक्रमित छन् । नयाँ पुष्टि भएका संक्रमितहरुमा बनेपाका १ जना रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ३१ सय ९ पुगेको छ । निको हुनेको संख्या २९ सय २५ रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या १ सय ४४ जना रहेको छ ।
जिल्लामा कोरोना संक्रमणबाट ४० पुरुष र १५ महिला गरी ५५ जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ४ महिला अन्य जिल्लाका रहेका छन् ।

काठमाडौं उपत्यकामा आज ३४८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा २५८, भक्तपुरमा २५ र ललितपुरमा ६५ संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा अब ९२ हजार ९४६ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ८ हजार ४५२ जना कोरोना संक्रमित छन् । ललितपुरमा १४ हजार ३८२ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १५ हजार ७८० पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ जना पुगेको छ । आज ८३० जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६९८ पुगेको छ । आज मात्र ९ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ५०० रहेको छ ।
आजको पिसिआर परीक्षण ५ हजार १८१ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १८ लाख ३१ हजार ४१ रहेको छ । आज १० हजार ९९४ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।





























प्रतिक्रिया