समाज डेण्टलमा अब बिहानी सेवा पनि

समाज डेण्टलमा अब बिहानी सेवा पनि

केन्द्रबिन्दु
231
Shares

काठमाडाैं । समाज डेण्टल हस्पिटलले अब बिहानी सेवा पनि सुरू गरेको छ। २४ औं वार्षिक उत्सवको अवसरमा नयाँ बानेश्वर शाखाबाट बिहानी सेवा सुरू गरेको हो।

‘दन्त उपचारमा सबैको पहुँच हाम्रो प्रतिबद्धता’ भन्ने उद्देश्यका साथ २४ वर्षदेखि दन्त सेवा दिइरहेको समाज डेण्टलले कामकाजी सेवाग्राहीलाई सहजता ल्याउने गरी बिहानी सेवा सुरू गरेको प्रबन्ध निर्देशक शंकु घिमिरेले जानकारी दिए।

उनले बिहानी सेवाले दैनिक काममा जानुपर्ने सेवाग्राहीलाई सहजता हुने भएकाले हाललाई यो सेवा बानेश्वर शाखाबाट सुरू गरिएको र सेवाग्राहीको सुविधालाई मध्यनजर राख्दै अरू शाखाबाट पनि यो सेवा सुरू गरिने जानकारी दिए। २४ औं वार्षिक उत्सव कार्यक्रममा प्रतिनिधि सभाका सदस्य अर्जुननरसिंह केसी, बिनोद चौधरी र श्यामकुमार घिमिरे पनि सहभागी थिए।

हाल नयाँ बानेश्वर, जावलाखेल ललितपुर, राधेराधे भक्तपुर, कौशलटार, सनसिटी पेप्सीकोला, बसुन्धरा, बौद्ध जोरपाटी, सीतापाइला र बनेपा काभ्रेबाट समाज डेण्टलले आफ्नो सेवा दिइरहेको बताइएको छ।

Skip This
Skip This
Logo