५० वर्षसम्म पनि जवान देखिन के गर्ने ?

५० वर्षसम्म पनि जवान देखिन के गर्ने ?

केन्द्रबिन्दु
546
Shares

काठमाडौं । सबै जना सधैं जवान र सुन्दर देखिन चाहन्छन् । तर, यो सम्भव छैन । किनकी उमेर बढ्दै जाँदा, यसको प्रत्यक्ष प्रभाव हाम्रो अनुहारमा देखिन थाल्छ । अनुहारमा चाउरीपना, फाइन लाइनहरू र छाला झिलिमिली हुनु सबै बुढ्यौलीका लक्षण हुन् ।

तर, आफ्नो भोजनमा केही चीजहरू समावेश गरी खानपानमा ध्यान पुर्याउनु भयो भने तपाईं लामो समयसम्म जवान रहन सक्नुहुन्छ । उमेर बढ्दै जाँदा यसको प्रभाव अनुहारमा देखिन थाल्ने भएकाले ५० वर्षको उमेरसम्म पनि जवान देखिनको लागि अहिलेबाटै आफ्नो स्वास्थ्यमा विशेष ध्यान पुर्याउनु पर्छ । जवान देखिन अपनाउनु पर्ने केही विधि हेरौं-

स्वस्थ भोजनमा ध्यान

स्वस्थ आहारले तपाईंलाई जवान र लामो समयसम्म फिट राख्न सक्छ । त्यसैले स्वस्थ आहार महत्त्वपूर्ण छ । तपाईंको आहारमा फलफूल, हरियो तरकारी, सुक्खा फल, बीउ र दुग्धजन्य पदार्थ समावेश गर्नुपर्छ । भिटामिन, मिनरल्स र फाइबर युक्त पौष्टिक आहार सेवन गर्दा छाला भित्रैबाट स्वस्थ रहन्छ र बुढ्यौलीका लक्षण चाँडै देखा पर्दैन ।

दैनिक व्यायाम

यदि तपाईं आफूलाई फिट राख्न चाहनुहुन्छ भने दैनिक व्यायाम गर्नुहोस् । सक्रिय जीवनशैलीका साथ तपाईं लामो समयसम्म फिट र जवान रहन सक्नुहुन्छ । तपाईंले हरेक दिन कम्तीमा तीस मिनेट व्यायाम गर्नुपर्छ । यदि तपाईंसँग जिमको लागि समय छैन भने घरमा केही हल्का व्यायाम पनि गर्न सक्नुहुन्छ । तपाईं हिँड्ने, योग र साइकल चलाएर पनि आफूलाई फिट राख्न सक्नुहुन्छ ।

धूम्रपान र मद्यपान त्याग्ने

रक्सी, चुरोट र धूम्रपानले तपाईंको चाँडो उमेर बढाउँछ । यसले तपाईको शरीरलाई ठूलो हानि पुर्याउन सक्छ । धेरै पिउने व्यक्तिहरूले चाँडै बुढ्यौलीको संकेत देखाउँछन् । र, वृद्ध देखिन थाल्छन् । यसले तौल सम्बन्धी समस्या बढाउँछ र उमेर बढ्छ ।

तनाव पनि खतरनाक

तपाईंलाई धेरै तनाव र चिन्ताले पनि चाँडै बुढो बनाउन सक्छ । तनाव एक साइलेन्ट किलर जस्तै हो । जसले तपाईंलाई खोक्रो बनाउँछ । लामो समय जवान रहन चाहनुहुन्छ भने तनावबाट टाढा रहनुपर्छ ।

प्रशस्त निदाउने

स्वस्थ शरीर र छालाको लागि निद्रा पनि महत्त्वपूर्ण छ । यदि तपाईं पर्याप्त निद्रा पाउँदैन भने तपाईंको स्वास्थ्य बिगार्छ । निद्राको कमीले पनि तनाव निम्त्याउन सक्छ । राम्रो निद्राले बुढ्यौली प्रक्रियालाई ढिलो बनाउँछ । आजकल मानिसमा निन्द्रा नलाग्ने समस्या तीव्र गतिमा बढिरहेको छ । यसबाट टाढा रहन आफ्नो समय तालिका मिलाउनुपर्छ । -एजेन्सी

Logo