काठमाडौँ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगु सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । जनवरीयता ३ हजार ३ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएकोमा २ जनाको मृत्यु भएको हो ।
देशभर ७७ मध्ये ७३ जिल्लामा डेंगु सङ्क्रमण देखिएको छ । तनहुँका ६५६ जनामा डेंगु सङ्क्रमण देखिएको छ । कोशी प्रदेशमा सबैभन्दा बढी ५८२ जना सङ्क्रमित छन् ।
यस्तै देशभरका पाँच जिल्लाका ५० जनामा हैजा सङ्क्रमण भएको छ । जसमध्ये ललितपुरमा ३८, कैलालीमा ८ जना, काठमाडौँमा २ जना र प्युठानका २ जनालाई हैजाको सङ्क्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
प्रतिक्रिया