सांसद डा. सुनीलकुमार शर्माको केएमसीले मनायो तीज, ५ सयभन्दा बढी कर्मचारीहरू सहभागी

सांसद डा. सुनीलकुमार शर्माको केएमसीले मनायो तीज, ५ सयभन्दा बढी कर्मचारीहरू सहभागी

केन्द्रबिन्दु
24
Shares

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) ले हरितालिका तीज विशेष कार्यक्रम मनाएको छ । केएमसी व्यवस्थापनले आयोजना गरेको हरितालिका तीज विशेष कार्यक्रममा पाँच सय जना कर्मचारी सहभागी भएका थिए ।

महिला कर्मचारी एवं चिकित्सकहरू रातो पहिरनमा सजिएर कार्यक्रममा उपस्थित थिए । उनीहरूले भव्य रूपले नाचगानसहित रमाइलो गरेका थिए ।

केएमसीका कर्मचारीहरूबीच केएमसीले भव्यपूर्वक तीज मनाएको प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । तीज कार्यक्रम संयोजक डेजी ढकालको सभापतित्वमा भएको थियो । कार्यक्रममा तीज कार्यक्रम सचिव कृष्णाकुमारी थापाले उद्घोषण गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दाहाल, अस्पताल निर्देशक डा. मीना थापा र एचआर चिफ सन्ध्या कार्कीलगायतले सम्बोधन गरेका थिए ।

Skip This
Skip This
Logo