काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज लिमिटेड (केएमसी)को स्वास्थ्य टोलीले बुढानिलकण्ठमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
कांग्रेस बुढानिलकण्ठ नगरपालिका वडा नं ८ द्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ४२८ जना विरामीले सेवा लिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । बिरामीमध्ये ९६ जनाकाे युएसजी, ६७ जनाको ईसीजी, ८४ जनाको ल्याब परीक्षण गरिएको थियो । यसैगरी २३ जनाको दाँत निकालिएको थियो भने २८ जनालाई शल्यक्रियाका लागि केएमसीमा रेफर गरिएको दाहालले जानकारी दिए ।
सांसद डा. शर्माले नेतृत्व सम्हाले यता केएमसीले सेवा सुविधा थप्दै लगेको छ । साथै सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ ।
प्रतिक्रिया