सांसद डा. सुनिल शर्माले केएमसीमा गराए गम्भीर रोगबाट पीडित आमाछोराको निःशुल्क उपचारको व्यवस्था

सांसद डा. सुनिल शर्माले केएमसीमा गराए गम्भीर रोगबाट पीडित आमाछोराको निःशुल्क उपचारको व्यवस्था

केन्द्रबिन्दु
39
Shares

काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. सुनिलकुमार शर्माले गम्भीर रोगबाट पीडित सर्लाहीका एक आमाछोराको काठमाडौं मेडिकल कलेज (केएमसी)मा निःशुल्क उपचारको व्यवस्था गरेका छन् ।

दशैंअघि केएमसी र नोबेल मेडिकल कलेजको स्वास्थ्य टोलीले सर्लाहीका विभिन्न स्थानमा वृहत निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । त्यहाँ हजारौंले स्वास्थ्य सेवा लिएका थिए र त्यहाँ उपचार सम्भव नभएका वा थप उपचार गर्नुपर्नेलाई रेफर गरिएको थियो । जसमा आज सर्लाही जिल्ला क्षेत्र नम्बर १ का आर्थिक अवस्था एकदमै नाजुक भएकी पुनित्ता मिस्त्री २ नाबालक छोरासहित निशुल्क उपचारको लागि अनुरोध गर्न सिनामंगलस्थित केएमसीमा आइपुगेकी थिइन् ।

उनीहरुलाई भेटेर सांसद डा. शर्माले पुनिता र उनको १४ बर्षीय छोरा बिटू मिस्त्रीको केएमसीमा निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएका हुन् । साथै निःशुल्क औषधिको पनि व्यवस्था गरेका छन् ।

सो क्रममा सर्लाही क्षेत्र नं १ का सभापति हरि लुंगेलि मगर, महासमिति सदस्य योगराज देवकोटा,मधेश प्रदेश कार्य समिति सदस्य तथा स्वास्थ्य बिभाग प्रमुख शर्मिला थापासँग पनि भेटघाट तथा छलफल गरेका थिए ।

केएमसी र नोबेलका सञ्चालकसमेत रहेका सांसद डा. शर्मा कांग्रेसको आगामी महाधिवेशनमा महामन्त्रीका सम्भावित दाबेदारसमेत पनि हुन् । उनी दुःखी गरिबको आँशु देख्न सक्दैनन् । राज्यले नदेखेको पूर्वदेखि पश्चिमसम्मका विभिन्न दुर्गम जिल्लामा पुगेर उनले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएका छन् । यसबाट हजारौंले स्वास्थ्य लाभ लिएका छन् । शिविरमा उपचार सम्भव नभएका विरामीको केएमसी र नोबेलमै ल्याएर उपचार गराउँदै आएका छन् । उनी सरकारी तलब भत्ता नलिने एक मात्र सांसद पनि हुन् ।

Logo