काभ्रे।
काभ्रे जिल्लामा आज २७ जना संक्रमित थपिएका छन् । आज ३४ जना निको भएका छन् । स्वास्थ्य कार्यालय, काभ्रेका प्रमुख डा नरेन्द्रकुमार झाका अनुसार आज संक्रमण पुष्टि भएका समेत हालसम्म जिल्लामा ३ हजार ७ जना संक्रमित छन् ।
नयाँ पुष्टि भएका संक्रमितहरुमा धुलिखेल नगरपालिकाका २, बनेपाका ८, पनौतीका २, पाँचखालका २, खानीखोलाका १, नमोबुद्धका ४ र मण्डनदेउपुरका ८ जना रहेका छन् ।
यससँगै काभ्रेमा संक्रमित संख्या ३ सय ७ पुगेको छ । निको हुनेको संख्या २७ सय १० रहेको छ । अब काभ्रेमा सक्रिय संक्रमितको संख्या २ सय ६० जना रहेको छ ।
जिल्लामा कोरोना संक्रमणबाट ३८ पुरुष र १३ महिला गरी ५१ जनाको मृत्यु भएको छ । जसमध्ये ११ पुरुष र ३ महिला अन्य जिल्लाका रहेका छन् ।






























प्रतिक्रिया