नेपालमा आज १ हजार ४७४ जनामा कोरोना पुष्टि

नेपालमा आज १ हजार ४७४ जनामा कोरोना पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ३३ हजार ४५२ जना पुगेको छ । आज १ हजार ४७४ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ५०८ पुगेको छ । आज मात्र २९ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या २ लाख १४ हजार ५२१ पुगेको छ । आज निको हुनेको संख्या १ हजार ९३१ रहेको छ ।

आजको पिसिआर परीक्षण ९ हजार ९११ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १७ लाख २७ हजार ८३६ रहेको छ । आज १७ हजार ४२३ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo