नेपालमा आज १०९ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज १०९ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ८५४ जना पुगेको छ । आज १०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या २ हजार ७७९ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३३३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६६ हजार ४८ पुगेको छ । पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार २७ पुगेको छ।

नेपालमा हालसम्म २० लाख ६७ हजार ६९९ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार ६१८ जनाको परीक्षण गरिएको छ।

काठमाडौं उपत्यकामा आज ६४ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख १ हजार ३८२, भक्तपुरमा ९ हजार २१५ र ललितपुरका १६ हजार १९ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २६ हजार ६१६ जना पुगेको छ ।

Logo