काठमाडौं । काठमाडौंको तीनकुने घटनामा घाइते भएकाहरुको काठमाडौं मेडिकल कलेज (केएमसी)मा निःशुल्क उपचार भइरहेको छ ।
अहिलेसम्म अस्पतालमा ३८ जनालाई उपचारका लागि राखिएको छ । नेपाली कांग्रेसका युवा नेता तथा सांसद डा. सुनिल शर्माले आन्दोलनका घाइतेको उपचार निःशुल्क गरिदिन अस्पताल प्रशासनलाई निर्देशन दिएका थिए । सांसद डा. शर्माको निर्देशन पछि अस्पताल प्रशासनले घाइतेहरुलाई अस्पतालमा निशुल्क उपचारको व्यवस्था मिलाइएको विज्ञप्ती समेत जारी गरेको थियो । सोही अनुसार अहिलेसम्म ३८ जानको उपचार भइरहेको हो । अझै बिरामीको संख्या बढ्न सक्ने अनुमान गरिएको अस्पताल प्रशासनले जनाएको छ ।
अस्पतालमा उपचाररतमध्ये सबैभन्दा धेरै सशस्त्र प्रहरीहरु छन् भने केही आन्दोलनकर्मीहरु रहेका प्रशासन प्रमुख नारायणप्रसाद दाहालले जानकारी दिए । औषधि र औषधिजन्य सामग्री भने घाइते स्वयं व्यक्तिले व्यहोर्नुपर्ने छ । अस्पतालले घाइतेहरूलाई तुरुन्तै अस्पतालमा सम्पर्क गर्न आग्रह पनि गरेको छ ।































प्रतिक्रिया