चिकित्सकहरुले फेरि आन्दोलन गर्दै

चिकित्सकहरुले फेरि आन्दोलन गर्दै

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । सरकारसँगको सहमतिपछि पनि काम गर्ने वातावरण नबनेको भन्दै चिकित्सकहरुले पुनः आन्दोलन थालेका छन् ।

चिकित्सकका माग सम्बोधन हुनेगरी गत वैशाख २० गते शनिबार स्वास्थ्य मन्त्रालय र नेपाल मेडिकल एशोसिएसनबीच भएको ४ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै मेडिकल कलेजहरूले प्रवेश नदिएको, राजीनामा दिन दबाब दिएको, डर–त्रास देखाएकोले काम गर्ने वातावरण सृजना हुन नसकेको भन्दै चिकित्सकले पुनः आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।

सरकारले आवासीय चिकित्सकलाई सरकारीसरह भत्ता दिएर काममा फर्काउनू भनेको थियो । सहमतिपछि चिकित्सकहरू आन्दोलन रोकेर काममा फर्किएका पनि थिए । तर उनीहरुले फेरि सडक आन्दोलन गर्न बाध्य भएको बताएका छन् ।

Skip This
Skip This
Logo