मोरङ । नेपाली कांग्रेसका युवा नेता तथा संघीय सांसद डा. सुनिल शर्माले मोरङको कानेपोखरी गाउँपालिका–४ का हाइड्रोसिल पीडित ६२ वर्षीय धनबहादुर डाँगीकाे निःशुल्क उपचार गरिदिने घाेषणा गरेका छन् ।
जीवनभर अथक परिश्रम गरी आफ्नो गुजारा चलाउँदै आएका डाँगी पछिल्ला केही महिनादेखि हाइड्रोसिलको असह्य पीडाले छटपटाइरहेका थिए। गरिबीको चपेटामा परेका कारण उपचार गर्न असमर्थ उनीसँग निराश भएर मृत्युको दिन कुर्नुबाहेक कुनै उपाय थिएन ।
यस्तो कारुणिक अवस्थाको जानकारी पाएपछि स्थानीय समाजसेवी कोपिला कार्कीकाे आग्रहमा सांसद शर्माले निःशुल्क उपचार गरिदिने घाेषणा गरेका हुन् । उनकाे निर्देशनमा स्वास्थ्यकर्मीको टोलीसहित एम्बुलेन्समा राखेर नोबेल मेडिकल कलेजमा लगिएकाे थियाे ।
हाल डाँगीको नोबेल मेडिकल कलेजमा निःशुल्क उपचार जारी छ । चिकित्सकहरूका अनुसार उनको स्वास्थ्य अवस्था द्रुत गतिमा सुधार भइरहेको छ र उनी छिट्टै नै सामान्य जीवनमा फर्किने आशा गरिएको छ।
संघीय संसदमा उदाहरणीय भूमिका निर्वाह गरिरहेका डा. शर्मा आफ्नो तलबभत्तासमेत नलिने एक मात्र सांसद हुन् । उनी दूरदराजका विपन्न नागरिकको स्वास्थ्य सेवामा समर्पित छन् र नियमित रूपमा निःशुल्क स्वास्थ्य शिविरहरू आयोजना गर्दै आएका छन्। त्यस्ता शिविरहरूमा जटिल स्वास्थ्य समस्या पहिचान भएका बिरामीहरूलाई उनले काठमाडौं मेडिकल कलेज वा नोबेल मेडिकल कलेजमा निःशुल्क उपचारको प्रबन्ध मिलाउँछन्।
उनको विशेष पहलमा नोबेल मेडिकल कलेजमा आफ्नै निर्वाचन क्षेत्रका नागरिकका लागि ५० शय्याको निःशुल्क क्याबिन स्थापना गरिएको छ। दलगत स्वार्थभन्दा माथि उठेर सम्पूर्ण नेपालीलाई समान सेवा प्रदान गर्ने उनको निष्ठा अनुकरणीय छ।
हालै उनले बेलबारीमा एम्बुलेन्स हस्तान्तरण गरेका छन्। निजी लगानीमा उनले देशका विभिन्न सात स्थानमा एम्बुलेन्स सेवा विस्तार गरिसकेका छन्।





























प्रतिक्रिया