अल्फा हेल्थ केयरद्वारा ग्यास्ट्रोएन्टेरोलोजी सेवा सुरु

अल्फा हेल्थ केयरद्वारा ग्यास्ट्रोएन्टेरोलोजी सेवा सुरु

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । नयाँ बानेश्वरमा अवस्थित अल्फा हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टरले सेवा विस्तार गर्दै आजदेखि पेट र कलेजोसम्बन्धी उपचार सेवा सुचारु गरेको छ ।

बुधबार अल्फा केयरले एक औपचारिक कार्यक्रम गरी नयाँ सेवा विस्तार गरेको जानकारी गराएको हो । उक्त सेवा चिकित्सा क्षेत्रमा अनुभवी तथा दक्ष प्रा. डा. युवराज शर्माले प्रदान गर्नेछन् ।

इन्टर्नल मेडिसीनका प्रोफेसर रहेका डा शर्मा ग्यास्ट्रोएन्टेरोलोजिस्ट, हेपाटोलोजिस्ट समेत हुन् । फोक्सो र पेटसम्बन्धी रोगको इन्डोस्कोपी, कोलोनोस्कोपी, ईआरसीपी सेवामा उनी पोख्त रहेका छन् ।

सो अवसरमा प्रो. डा. शर्माले भने, ‘विशेषज्ञताका आधारमा मेडिसीनका विद्यार्थीलाई पढाउने, अनुसन्धान गर्नमा प्रोफेसरहरुको ठुलो भुमिका हुन्छ । त्यस्तै विरामीलाई स्वास्थ्य उपचार मात्र प्रदान गर्ने नभई विषयवस्तु अनुसार एमडी, डिएम अध्ययन गरेका विद्यार्थीहरुको विभिन्न परीक्षा सेन्टरमा गएर परीक्षा लिने जस्ता भुमिका पनि निर्वाह गर्नुपर्ने हुन्छ ।’

उनले थपे, ‘पहिला एक्जामिनरको रुपमा भारतबाट प्रोफेसर आउथे, तर पछिल्लो समय नेपालका विशेषज्ञहरुले नै परीक्षा सञ्चालन गर्ने गरेका छन् । विपि प्रतिष्ठान, टिचिङ, न्याम्स जस्ता इन्टिच्युटमा परीक्षा नियन्त्रकको भूमिका निर्वाह गर्ने र विशेषज्ञ डिग्री प्रदान गर्नमा प्रोफेसरहरुको महत्वपूर्ण योगदान रहेको हुन्छ ।’

अल्फाविटामा रहेको अल्फा केयर विशेष गरी काठमाडौं महानगरपालिकाको वडा नम्बर १० मा रहेका समुदायलाई स्वास्थ्य सेवा प्रदान गर्ने उदेश्यले स्थापना गरिएको अल्फा हेल्थ केयर डायग्नोस्टिक सेन्टरका ल्याब डाइरेक्टर तथा कन्सल्टेन्ट प्याथोलोजिस्ट डा. आभाष कोइरालाले जानकारी गराए ।

कोरोना कहरको समयमा स्थापना भएको अल्फा हेल्थ केयरले सुरुवाती दिनमा पिसीआर सेवा सुरु गरेको थियो । त्यसपछि ल्याब, र दक्ष चिकित्सकद्धारा इन्टर्नल मेडिसीन, रिम्याटोलोजी, पल्मानोेलोजी, कार्डियोलोजी, गाइनोलोजीका साथै रेडियोलाजी सेवा अन्तर्गत एक्स – रे, भिडियो एक्स – रे, फिटल एको, एसीजी, इको लगायतका सेवाहरु विस्तार गरेको छ । विदेश जानेहरुको स्वास्थ्य जाँचको सेवा पनि अल्फा केयरले सुरु गरेको छ ।

Logo