स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने प्रयत्नमा मन्त्री पौडेल

स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउने प्रयत्नमा मन्त्री पौडेल

केन्द्रबिन्दु
15
Shares

मोरङ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आमजनताले लोकतन्त्रको अनुभूति गर्नेगरी स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउन आफू क्रियाशील रहेको बताएका छन् ।

अठारौँ गणतन्त्र दिवसका सन्दर्भमा मोरङको गणेशमानसिंह फाउण्डेशन, नेपाल रेडक्रस सोसाइटी र लायन्स क्लब अफ विराटनगरले धनपालथान गाउँपालिका–३ सोराभागमा आयोजना गरेको बृहत् स्वास्थ्य शिविरको उद्घाटन गर्दै मन्त्री पौडेलले स्वास्थ्य क्षेत्रका बेथिति अन्त्य गरी आम नागरिकलाई सहज स्वास्थ्य सेवा प्रदान गर्न राज्यले लगानी बढाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले अन्तरराष्ट्रिय अभ्यासअनुसार नागरिकको लगानीमा बिमामार्फत नागरिकले निःशुल्क स्वास्थ्य सेवा पाउने स्थिति बनाउनुपर्छ भने ।

स्वास्थ्य मन्त्रालयले आगामी बजेटमा सम्पूर्ण सङ्गठित क्षेत्रलाई बिमामा जोड्ने प्रस्ताव गरेको जानकारी दिए । वैदेशिक रोजगारीमा गएकाले श्रम गर्ने देशबाट नै सम्पूर्ण स्वास्थ्य उपचार पाउनुपर्ने, स्वास्थ्य कर र राज्यले दिएका सुविधा बिमामा जोडनु पर्ने प्रस्ताव पेस गरेको बताए ।

Logo