तीन दशकपछि स्वास्थ्यकर्मीको दरबन्दी थपिँदै, कुन तहमा कति ?

तीन दशकपछि स्वास्थ्यकर्मीको दरबन्दी थपिँदै, कुन तहमा कति ?

केन्द्रबिन्दु
264
Shares

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन दशकपछि स्वास्थ्यकर्मीको दरवन्दी थप गर्ने प्रस्ताव गरेको छ ।

मन्त्रालयअन्तर्गत डाक्टर नर्स लगायतका स्वास्थ्यकर्मीको सङ्ख्या कम भएको भन्दै २ हजार १०२ दरवन्दी थप गर्ने प्रस्ताव गरेको हो । यसले लामो समयपछि दरबन्दीसहितको स्वास्थ्यकर्मी थप्ने बाटो खुलेको छ ।

मन्त्रालयअन्तर्गतका दरबन्दी थप गर्न संघीय सरकारको मन्त्रिपरिषद्को बैठकले दिएको सैद्धान्तिक सहमतिअनुसार संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएनएम) समितिले २ हजार ९३४ नयाँ दरबन्दी थप गर्ने प्रस्ताव पेश गरिएको मन्त्रालयले जनाएको छ ।

२ हजार ९३४ नयाँ दरबन्दी थप गर्ने प्रस्तावित संगठन संरचना अर्थ मन्त्रालयको स्वीकृति लिएर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय पुगेको छ । प्रस्तावित दरबन्दीमा ११ औंतहमा ४९ दरबन्दी थप गरिएको छ । नवौं र १०औं तहमा ३२२ दरबन्दी थप हुनेछ ।

आठौं तहको मेडिकल अधिकृतमा ४३६ पद थप गरिएको छ भने ५० वटा दरबन्दी हटाइएको छ। अहिलेसम्म ३५३ दरबन्दी रहेको थियो अब ७३९ दरबन्दी पुगेको छ।

स्टाफ नर्समा ५, ६ र ७औँ तहतर्फ १ हजार २४२ दरबन्दी थप गरिएको छ। यसअघि १ हजार ३४१ स्टाफ नर्सको दरबन्दी रहेकोमा बढाएर २ हजार ६२३ पुर्‍याइएको छ ।

त्यसैगरी पहिलोपटक मिडवाइफ्री नर्सको दरबन्दी थप गरिएको छ। जसमा ३९ वटा नयाँ दरबन्दी सिर्जना भएको हो । फार्मेसी अधिकृतमा १९ वटा नयाँ दरबन्दी थपिएको छ। प्रस्तावित नयाँ संरचनामा वीर अस्पताल दरबन्दी रहेर मन्त्रालयमा काजमा खटिएका अतिरिक्त सचिवको १२ औं तहलाई हटाएर सिधै मन्त्रालयअन्तर्गत नै रहने गरी नयाँ ओएनएममा राखिएको छ ।

Logo