घामबाट छालालाई कसरी जोगाउने ?

घामबाट छालालाई कसरी जोगाउने ?

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । छाला मानव शरीरको बाहिरी आवरण तथा इन्टिगुमेन्टरी प्रणालीको सबैभन्दा ठूलो अङ्ग हो। मानिस सुन्दर देखिन उसको भूमिका एकदमै महत्वपूर्ण पनि मानिन्छ । त्यसैले यसलाई स्वस्थ राख्नु अत्यन्त आवश्यक हुन्छ । तर, गर्मी महिनामा तीव्र घाम र तातो हावाले हाम्रो शरीरको छालालाई असर गर्न सक्छ । पराबैजनी किरणहरूले छालालाई सनबर्न, कालो दाग, र लामो समयसम्म असर गर्ने गम्भीर समस्याहरू जस्तै छालाको क्यान्सर निम्त्याउन सक्छ ।

छालालाई कसरी जोगाउने ?

-घरबाट बाहिर निस्कनुअघि शरीरका खुला भागहरूमा कम्तीमा सन प्राेटेक्सन फ्याक्टर ३० भएको सनस्क्रिन लगाउनुहोस्। यसले खराब किरणबाट जोगाउँछ । यदि तपाईं धेरै पसिना आउँछ, पौडी खेल्नुहुन्छ वा लामो समयसम्म घाममा बस्नुहुन्छ भने हरेक २-३ घण्टामा सनस्क्रिन लगाइरहनुहोस्। बादल लागेको दिनमा पनि खराब किरणहरू छालासम्म पुग्न सक्ने हुनाले सनस्क्रिन प्रयोग गर्नुहोस्।

-सुरक्षात्मक कपडा लगाएर मात्रै बाहिर निस्किनुहाेस् ।लामो बाहुला भएका, हलुका र खुकुला कपडा लगाउनुहोस् जसले सकेसम्म धेरै छालालाई घामबाट ढाक्छ। सुतीका कपडाहरू गर्मीमा आरामदायी हुन्छन्। चौडा किनार भएको टोपी लगाउनुहोस् जसले अनुहार, कान र घाँटीलाई घामबाट बचाउँछ। साथै, सनग्लास लगाउनाले आँखा र आँखा वरिपरिको संवेदनशील छालालाई जोगाउँछ।

-शरीरलाई हाइड्रेटेड राख्नुहाेस् । प्रशस्त पानी पिउनाले शरीरलाई हाइड्रेटेड राख्न मद्दत गर्छ, जसले छालालाई स्वस्थ र कोमल राख्न महत्त्वपूर्ण भूमिका खेल्छ।

-एन्टीअक्सिडेन्टले भरिपूर्ण फलफूल (जस्तै कागती, सुन्तला, तरबुजा) र हरियो सागसब्जीको सेवन गर्नुहोस्। यिनले छालालाई भित्रैदेखि स्वस्थ राख्न मद्दत गर्छन्।

-बाहिरबाट घर आएपछि फेसवास वा क्लिन्जिङ गर्ने । धेरै तातोपानीले ननुहाउने । मनतातो पानी प्रयोग गर्ने । नुहाएपछि नरिवलको तेल लगाउने । अनुहार धोएपछि मस्चराइजर लगाउने ।

-मानसिक र शारीरिक रूपमा सन्तुष्ट र खुसी रहने । नियमित व्यायाम गर्ने । व्यायामले पसिनामार्फत शरीरका विकारबाहिर निकाल्छ । शरीर ऊर्जाशील र अनुहार सफा बनाउँछ ।

-सकेसम्म चर्को घाममा ननिस्किनुहाेस् । बिहान १० बजेदेखि बेलुका ४ बजेसम्मको घाम सबैभन्दा चर्को हुन्छ। यो समयमा सकेसम्म घरभित्रै बस्ने वा छायामा बस्ने प्रयास गर्नुहोस्।

Logo