काठमाडौँ । नेत्र ज्योती सङ्घ त्रिपुरेश्वर काठमाडौँले ट्राफिक प्रहरीलाई चश्मा (सन ग्लास) हस्तान्तरण गरेको छ ।
आज काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीलाई सङ्घका अध्यक्ष चेतराज पन्तले एक हजार ८०० थान चश्मा हस्तान्तरण गरेका हुन्।
ट्राफिक प्रहरीलाई ड्यूटीमा खटिँदा धुलो, धुवाँ र घामबाट सुरक्षित राख्न चश्मा प्रदान गरेको ट्राफिक प्रहरी प्रमुख नवराज अधिकारी जानकारी दिए।





























प्रतिक्रिया