काठमाडौं । नेपाल मेडिकल कलेज, काठमाडौंले स्वास्थ्यकर्मी माग गरेको छ । कलेजले एक सूचना प्रकाशित गरी प्रोफेसर, एशोसिएट प्रोफेसर, असिस्टेन्ट प्रोफेसर, लेक्चर, स्टाफ नर्सहरू माग गरेको हो ।
प्रकाशित सूचना अनुसार कलेजले इलेकट्रिकल इन्जिनियर, क्यास काउन्टर टेलर, असिस्टेन्ट रेडियोग्राफर, हेल्थ असिस्टेन्ट समेत माग गरेको छ ।
कलेजको स्वास्थ्य सेवालाई अझ प्रभावकारी तथा गुणस्तरीय बनाउन थप जनशक्ति माग गरिएको बताइएको छ । माग गरिएका पदहरूमा उम्मेदवारले असार १२ गतेभित्र दरखास्त पठाउन सक्नेछन् ।
इमेल मार्फत व्यक्तिगत विवरण सङ्कलन गरी सर्टलिस्टमा परेकाहरूलाई अन्तरवार्ताका लागि बोलाइने अस्पताल प्रशासनले जनाएको छ ।





























प्रतिक्रिया