काठमाडौं उपत्यकामा आज ८९९ जना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ८९९ जना संक्रमित थपिए


काठमाडौं ।

काठमाडौं उपत्यकामा आज ८९९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ६८५, भक्तपुरमा ४९ र ललितपुरमा १६४ संक्रमित थपिएका छन् ।

यससँगै काठमाडौंमा अब ८२ हजार २७३ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार ३८५ जना कोरोना संक्रमित छन् । ललितपुरमा १२ हजार ११२ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या १ लाख १ हजार ७७१ पुगेको छ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ जना पुगेको छ । आज १ हजार ६७४ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ । आज मात्र ७ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ९३ हजार ३२५ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ३२३ छ ।

आजको पिसिआर परीक्षण ८ हजार १४४ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख ५२ हजार ४३ रहेको छ । आज २४ हजार ९ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Logo