अल्फा केयर नेपालले अब न्यूजिल्याण्डका लागि पनि सेवा दिने

अल्फा केयर नेपालले अब न्यूजिल्याण्डका लागि पनि सेवा दिने

केन्द्रबिन्दु
6
Shares

काठमाडौं । अध्यागमन चिकित्सा परीक्षण सेवा (आईएमई) प्रदान गर्ने संस्थाहरूमध्ये एक अल्फा केयर नेपालले आफ्नो सेवा विस्तार गरेको छ। अस्ट्रेलियाका भिसा आवेदकहरूका लागि उच्च गुणस्तरको र विश्वसनीय सेवा प्रदान गरी नम्बर एक स्थान बनाउन सफल भएको अल्फा केयरले अब न्यूजिल्याण्डका लागि पनि आईएमई सेवा सुरु गरेको घोषणा गरेको हाे ।

अल्फा केयरको सफलताको मुख्य आधार यसको सिधा मेडिकल प्रणालीको प्रयोग हो। यो अत्याधुनिक प्रणालीले भिसा आवेदकहरूको स्वास्थ्य रिपोर्ट सिधै अस्ट्रेलियाको अध्यागमन विभागमा पठाउँछ, जसले गर्दा समयको बचत हुनुका साथै सम्पूर्ण प्रक्रिया सहज र पारदर्शी बन्न पुग्छ । यही प्रभावकारिता र गुणस्तरीय सेवाका कारण अल्फा केयर आईएमईका लागि धेरैको पहिलो रोजाइमा परेको छ । न्यूजिल्याण्डका लागि पनि यही स्तरको सेवा कायम राख्ने अल्फा केयरले प्रतिबद्धता जनाएको छ।

दशैंमा पनि सेवा जारी

आफ्ना ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै, अल्फा केयरले यस वर्षको दशैंको बिदामा पनि आफ्नो सेवा जारी राख्ने जनाएको छ । दशैंको समयमा पनि ओपीडी बाहेकका सबै सेवाहरू खुला रहनेछन्।

विशेषगरी अस्ट्रेलिया र न्यूजिल्याण्डका लागि आईएमई सेवाहरू निरन्तर सञ्चालन हुने भएकाले दशैंको समयमा पनि भिसा प्रक्रिया अगाडि बढाउन चाहने व्यक्तिहरूलाई ठूलो राहत मिल्नेछ ।

Logo