पर्सा । विरगञ्जमा एक महिना देखी हैजा नियन्त्रण हुन सकेको छैन । अहिलेसम्म १ हजार ५ सय ८७ जना अस्पतालमा रहेका छन् । अस्पतालमा रहेका विरामीहरुको पनि कोही आईसियु त कोही एचडीयूमा उपचार भईहेको छ ।
अहिले ५ जना बिरामीको आईसीयू र दुईजनाको एचडीयूमा उपचार भइरहेको छ । त्यस्तै २८ जनाले जनरल वार्डमा उपचार गराइरहेको स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । विरगञ्जका घर घरमा ढल मिसिएको पानी पुग्दा हैजा फैलिएको स्थानियले बताएका छन् ।
खुला ढलमा कुहिएको फोहोर मिसिएको धमिलो पानी बगेको छ । प्लास्टिकका खोल र लेउ भरिएको दुर्गन्धित त्यही ढलमा डुबेको छ खानेपानीको पाइप । नालामा बगिरहेको दूषित पानी पाइपमा मिसिएर घरघरमा पुगिरहेको स्थानियले बताए ।
खानेपानीको पाइपमा हैजाको घातक जीवाणु मिसिएको कारण पर्साले एक महिनाभन्दा लामो समय हैजा महामारीको संकट बेहोरिरहेको छ ।
पछिल्लो २४ घन्टामा २० जना हैजा संक्रमित थपिएका छन् । पर्सामा ६ भदौमा पहिलो पटक झाडापखालाका बिरामी देखापरेका थिए । तर एक महिना बितिसक्दा हैजा संक्रमित घटेका छैनन् ।































प्रतिक्रिया