काठमाडौं ।
काठमाडौं उपत्यकामा आज १ हजार ३८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा ८२२, भक्तपुरमा ४८ र ललितपुरमा १६८ संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा अब ७९ हजार ७६१ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार १९० जना कोरोना संक्रमित छन् । ललितपुरमा ११ हजार ६३९ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या ९८ हजार ५३६ पुगेको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । आज १ हजार ४४२ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २५९ पुगेको छ । आज मात्र १२ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ८२ हजार ७८० पुगेको छ । आज निको हुनेको संख्या ३ हजार ५३८ छ ।
आजको पिसिआर परीक्षण ६ हजार ७३१ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख २३ हजार ७५४ रहेको छ । आज २८ हजार ८७८ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।





























प्रतिक्रिया