नेपालमा आज १५७ जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा आज १५७ जनामा कोरोना संक्रमण पुष्टि

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ ।

नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ७४५ जना पुगेको छ । आज १५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ३ हजार २२ रहेको छ ।

पछिल्लो २४ घण्टामा ३३३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ६५ हजार ६९८ पुगेको छ । आज पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । यससँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ हजार २५ पुगेको छ।

नेपालमा हालसम्म २० लाख ६४ हजार ८१ जनाको पीसीआर परीक्षण गरिएको छ । आज ३ हजार २२१ जनाको परीक्षण गरिएको छ।

काठमाडौं उपत्यकामा आज ८२ जनामा संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब उपत्यकाका ३ जिल्ला मध्ये काठमाडौंमा १ लाख १ हजार ३२६, भक्तपुरमा ९ हजार २१५ र ललितपुरका १६ हजार ११ संक्रमित पुष्टि भएसँगै कूल संक्रमितको संख्या १ लाख २६ हजार ५५२ जना पुगेको छ ।

Logo