काभ्रे ।
काभ्रेमा आज कोरोना संक्रमित थपिएका छैनन् । जिल्लामा आज ३१ जना निको भएका छन् । यो सँगै सक्रिय संक्रमितको संख्या ४७८ जना रहेको छ ।
अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार २४३ पुगेको छ । संक्रमित मध्ये १ हजार ७३४ जना निको भएका छन् । जिल्लामा ४५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १४ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र ३१ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।

यता काठमाडौं उपत्यकामा आज ३३९ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा २८९, भक्तपुरमा १२ र ललितपुरमा ९२ संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा अब ७८ हजार ९३९ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ७ हजार १४२ जना कोरोना संक्रमित छन् । ललितपुरमा ११ हजार ४७१ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या ९७ हजार ४९८ पुगेको छ ।
यस्तै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ११ हजार ४७५ पुगेको छ । आज ५०२ जना नयाँ संक्रमित थपिएका छन् ।
नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २४७ पुगेको छ । आज मात्र १७ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ७९ हजार २४२ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ८७८ छ ।
आजको पिसिआर परीक्षण ३ हजार ११२ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १६ लाख १७ हजार २३ रहेको छ । आज ३० हजार ९८६ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।





























प्रतिक्रिया