चितवन । रेबिज संक्रमण नियन्त्रण गर्न कालिका नगरपालिकाले सामुदायिक कुकुर र बिरालोको बन्ध्याकरण तथा खोप अभियान सञ्चालन गरेको छ ।
चैत १२ देखि १४ गतेसम्म चलेको अभियानमा २७२ कुकुर र २ बिरालोको बन्ध्याकरण गरिएको छ । साथै रेबिजविरुद्ध खोपसमेत लगाइएको छ ।
नगरपालिकाका अनुसार जङ्गली जनावरसँग सम्पर्कका कारण रेबिज फैलिने जोखिम उच्च हुने भएकाले यस्तो कार्यक्रम सञ्चालन गरिएको हो ।
सरकारको सन् २०३० सम्म रेबिजबाट हुने मानव मृत्यु शून्यमा झार्ने लक्ष्यअनुसार अभियानलाई निरन्तरता दिइएको जनाइएको छ ।





























प्रतिक्रिया