चितवन। जिल्लामा यही चैत २५ गतेदेखि ‘जापानिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान सुरु गरिने भएको छ । अभियान चैत ३० गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख निर्मल घिमिरेका अनुसार माडी नगरपालिकामा १८ हजार ८११ र भरतपुर महानगरपालिका–१९ मा चार हजार २०४ जनालाई खोप लगाइनेछ । खोप अभियान अन्तर्गत खोप नलगाएका ३० वर्ष उमेरसम्मका व्यक्ति तथा छुटेका १५ वर्षमुनिका बालबालिकालाई प्राथमिकतामा राखिएको छ ।
सन् २०२४ मा चितवनमा एक जनाको मृत्यु र चार जना सङ्क्रमित भएका थिए भने सन् २०२५ मा हालसम्म १६ जना सङ्क्रमित र पाँच जनाको मृत्यु भएको कार्यालयले जनाएको छ ।
किट नियन्त्रक राम केसीका अनुसार यो रोग क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने किटजन्य सरुवा रोग हो । यो लामखुट्टे प्रायः घरबाहिर बस्ने, साँझ र बिहान बढी सक्रिय हुने तथा सुँगुर, बङ्गुर र हाँसजस्ता पशुपन्छीलाई टोक्दा भाइरस सर्ने गर्दछ । साथै धानखेतमा समेत यसको प्रजनन हुने बताइएको छ ।





























प्रतिक्रिया