काभ्रे ।
काभ्रेमा आज ५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्लामा आज ३१ जना निको भएका छन् भने एक जनाको मृत्यु भएको छ ।
शनिबार ६३ जना थपिएका थिए । शुक्रबार ४६ जना थपिएका थिए । यस्तै विहिबार ६५ जना थपिएका थिए भने १७ जना निको भएका थिए ।
अब जिल्लामा आजसम्मको तथ्यांक अनुसार कोरोना संक्रमितको जम्मा संख्या २ हजार १९ पुगेको छ । संक्रमित मध्ये १ हजार ४४० जना निको भएका छन् । जिल्लामा ३९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मध्ये १३ जना भने अन्य जिल्लाका रहेका छन् । काभ्रेका मात्र २६ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख नरेन्द्रकुमार झाले जानकारी दिएका छन् ।
नयाँ थपिएका मध्ये बनेपाबाट ४ र पनौतीका १ जना छन् । आज नमोबुद्धका ८६ वर्षिय पुरुषको मृत्यु भएको छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १०८ पुगेको छ । आज मात्र २१ जनाको मृत्यु भएको छ ।
कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ५७ हजार ९२६ पुगेको छ । आज निको हुनेको संख्या २ हजार ८१२ छ ।
नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९४ हजार ४५३ पुगेको छ । आज २ हजार ८१७ जना नयाँ संक्रमित थपिएका छन् ।
काठमाडौं उपत्यका आज १ हजार ५३३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार आज काठमाडौंमा १ हजार २९४, भक्तपुरमा ७७ र ललितपुरमा १४१ संक्रमित थपिएका छन् ।
यससँगै काठमाडौंमा ७२ हजार ६७ जना कोरोना संक्रमित छन् । भक्तपुरमा ६ हजार ५०७ जना कोरोना संक्रमित छन् । ललितपुरमा १० हजार १५३ जना कोरोना संक्रमित छन् । अब उपत्यकामा कूल संक्रमितको संख्या ८८ हजार ७२७ पुगेको छ ।
आजको पिसिआर परीक्षण १२ हजार ३११ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १५ लाख ४० हजार ७७ रहेको छ । आज ३५ हजार ४१९ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।































प्रतिक्रिया