पछिल्लो समय चिसो बढेको छ । केही दिन अघिदेखि राजधानी लगायत देशरी निकै चिसो बढेको छ । बिहीवार मात्रै राजधानीको तापक्रम १ डिग्री मापन गरिएको थियो ।
यतिबेला दमले थप सताउन सक्छ । चिसो मौसम दम रोगीका लागि प्रतिकुल मानिन्छ ।
यो बृद्धबृद्धालाई मात्र होइन, बालबालिकालाई पनि हुन्छ । जन्मजात पनि दमको रोग पैदा हुन्छ ।
दम, श्वासप्रश्वास सम्बन्धी समस्या हो । दमले सताएको अवस्थामा सामान्य हिँडडुल गर्न समेत समस्या हुन्छ ।
दम भएमा यसलाई पूर्णतया निको पार्न निकै कठिन हुने गर्छ । यद्यपी, केही उपायहरु अपनाएर पनि दमलाई नियन्त्रण भने अवश्य गर्न सकिन्छ । दमलाई समयमै नियन्त्रण गर्न सकेको अवस्थामा यसले निम्त्याउने दीर्घकालीन समस्याको बेलामै रोकथाम गर्न सकिन्छ ।
सामान्यतयाः वृद्धवृद्धामा देखिने दमको समस्या वृद्धवृद्धा तथा युवालाई मात्र नभई बालबालिकालाई समेत हुने गर्छ । यस्ता समस्या हुनुमा थुप्रै कारकतत्वहरु हुने गर्दछ , जसमध्य यी दश प्रमुख कारणहरु मानिन्छन् ।
दम हुनुका कारण
१. सामान्य रुँघाखोकी, फ्लू, ब्रोनकाइटिस तथा पिनासको संक्रमण लगायत बैक्टेरियाले श्वासप्रश्वसमा संक्रमण गर्नाले पनि दमको समस्या हुने गर्छ । यस्ता संक्रमणका कारण बालबालिकामा दम देखिनु सामान्य हो ।
२. अण्डा, गाईको दूध, बदाम, गहुँ, माछा लगायतका एलर्जी गराउने तत्वको सेवनका कारण पनि दमको समस्या निम्तने गर्छ ।
३. धुमपानका क्रममा निस्कने धुवाँमा विभिन्न प्रकारका रसायन तथा ग्यास समाहित हुने गर्दछ । धुमपानका कारण दमको समस्या उत्पन्न हुने गर्छ । धुमपान गर्ने व्यक्तिलाई दम भएमा खोकी लाग्ने तथा घाँटी खसखस हुने लगायतको समस्या गम्भीर रुपमा देखिने गर्छ । गर्भवती महिला जसले गर्भावस्थामा धुमपान गर्छन् , उनीहरुबाट जन्मने शिशुमा दमको समस्या देखिने गर्छ ।
४. एस्पिरिन, सुन्निएको कम गर्ने औषधी, विना चिकित्सकको प्रेस्किप्सन किनेको औषधीले पनि मानिसमा दमको समस्या उत्पन्न हुने गर्छ ।
५.मद्यपनका कारण पनि दमको समस्या निम्तने गर्छ । विभिन्न प्रकारका रक्सी तथा वियरमा सल्फाइटको मात्रा अधिक हुने गर्छ, शरीर सल्फाइट प्रति अधिक संवेदनशील भएमा दमको लक्षण देखा पर्न सक्छ ।
६. अत्याधिक चिन्ता, रिस तथा डर तनावको कारण बन्न सकछ, जसले मुटुको गति तथा स्वास प्रस्वास प्रणालीलाई धेरैथोर बद्लाव ल्याउँछ । यही वद्लावका कारण मानिसमा दमको समस्या देखा पर्ने गर्छ ।
७. अत्याधिक शारीरीक परिश्रम तथा व्यायामका कारण पनि दमको समस्या देखा पर्न सक्छ ।
८. जाडो मौसममा वातावरणमा भएका जिवाणु बढी सकि्रय भएर पनि दम हुन सक्छ ।
९. धुलो, धुवा लगायतका वातावरण प्रदुषणका कारण पनि दमको समस्या उत्पन्न हुनसक्छ ।
१०. परिवारमा कसैलाई दमको समस्या छ भने त्यसबाट जन्मने शिशु वा घरका अन्य सदस्यलाई पनि दमको समस्या उत्पन्न हुनसक्छ ।
उपचार विधि
यदि कसैलाई वायु प्रदुषण, मौसमी परिवर्तन लगायतका बाह्य कारणले आस्थमा भएको देखिएमा सो मौसममा नियमित औषधि सेवन तथा निरन्तरको उपचारबाट यो रोग पूर्णरुपमा निको पार्न सकिन्छ । तर यदि उक्त व्यक्तिलाई वशांणुगत कारणले आस्थमा भएको छ भने चाहिँ त्यो पूर्णरुपमा निको नहुन पनि सक्दछ ।
कसरी जोगिने ?
दम रोग श्वासप्रस्वाससँग सम्बन्धित भएकाले सावधानीका उपाय पनि यसैसँग सम्बन्धित छन् ।
धुवाँ, धुलोलगायतका वातावरणीय प्रदुषणबाट जोगिनु पर्दछ । त्यसका लागि गुणस्तरीय मास्कको प्रयोग गर्नुपर्दछ । भुत्ला वा रौं भएका पशुपंक्षीबाट टाढै बस्नुपर्दछ ।
यसका साथै चिसोबाट जोगिनुपर्दछ । जाडो समयमा दम रोगले झन् च्याप्छ । त्यसैले घर वा कोठालाई न्यानो पार्ने, न्यानो लुगा लगाउने गर्नुपर्दछ । सकेसम्म चिसोबाट बच्नुपर्दछ । फि्रजमा राखिएका चिसो खानेकुरा पनि खानु हुँदैन ।
हाछ्युँ आउने, नाक, घाँटी खसखसाउने समस्या छ भने तपाईंलाई एलर्जी हुनसक्छ । त्यसैले एलर्जी हुने काम वा चिजबाट टाढै रहनु बेश हुन्छ । यस्ता एलर्जी भइहाल्यो भने तुरुन्त उपचार गर्नुपर्छ ।































प्रतिक्रिया