नेपालमा आज २ हजार ९०९ संक्रमित थपिए

नेपालमा आज २ हजार ९०९ संक्रमित थपिए

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ८८ हजार ८८३ पुगेको छ । आज २ हजार ९०९ जना नयाँ संक्रमित थपिएका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ७० पुगेको छ । आज मात्र १८ जनाको मृत्यु भएको छ ।

कोरोनाबाट देशभर निको हुनेको संख्या १ लाख ५२ हजार ९०८ पुगेको छ । आज निको हुनेको संख्या ४ हजार ५०० छ ।

आजको पिसिआर परीक्षण १० हजार १५३ रहेको छ । आजसम्म जम्मा पिसिआर परीक्षण १५ लाख १७ हजार ३४३ रहेको छ । आज ३४ हजार ९०५ जना सक्रिय संक्रमितको संख्या रहेको छ ।

Skip This
Skip This
Logo