यौनसम्बन्ध अगाडि पिसाव नफेर्ने बानी बसालौं

यौनसम्बन्ध अगाडि पिसाव नफेर्ने बानी बसालौं

केन्द्रबिन्दु
0
Shares

न्युयोर्क, ६ पुस ।
शारीरिक सम्बन्ध राख्नु भन्दा अगाडी पिसाव फेर्ने बानीमा महिलाहरुले सुधार गरेमा मूत्रनलीमा हुने संक्रमणलाई धेरै कम गर्न सकिने चिकित्सकहरुले औंलाएका छन् ।

न्युयोर्कका युरोलोजिष्ट डेभिड कुफ्म्यानका अनुसार अधिकांश महिलाहरुले शारीरिक सम्बन्ध अगाडी पिसाव फेर्ने बानी रहेको हुन्छ । उनीहरुले यो बानीमा मात्र सुधार गरेमा उनीहरुले मूत्रनलीमा हुने संक्रमणवाट आफुलाई जोगाउन सक्ने बताए । उनका अनुसार शारीरिक सम्बन्ध राखेको केही समय पछि शौचालय जानु राम्रो मानिन्छ तर लगत्तै जानु भने हुदैन । यही कुरालाई नबुझेर धेरै महिलामा देखिने मूत्रनलीको संक्रमणको मुख्य कारण यही देखिएको छ । यसलाई चलनचल्तिको भाषामा ‘हनिमुन समस्या’ पनि भन्ने गरिन्छ ।

किन हुन्छ त समस्या
डा. डेभिडको अनुसन्धान अनुसार यौन सम्बन्ध अगाडी पिसाव गर्दा मूत्रनलीमा रहेका जिवाणुहरु योनीको मुखसम्म आएका हुन्छन् । यस्तोवेला सम्बन्ध राख्दा ति जिवाणुहरु नमरी पून पिसाव नलि हुँदै मूत्रथैलीमै गएर बस्ने गर्छन् । पिसाव फेरेपछि मूत्रथैलीले आफुमा भएका जिवाणुहरुको सरसफाई पनि गर्ने गर्छ । तर लगत्तै शारीरिक सम्बन्धमा सक्रिय रहदाँ सफाईको अवसर पाउदैंन । जसको कारण जिवाणुहरु सक्रिय भएर मूत्रनलीमा समस्या आउने गर्छ ।

महिलाको शारीरिक संरचना अनुसार उनीहरुलाई मूत्रनलीको समस्या बढी हुने गर्छ । योनी र गुद्वारको फरक धेरै नहुने र सरसफाइमा बढी ध्यान नदिदा पनि यस किसिमको समस्या आउने डा. डेभिडले औलाएका छन् ।

Logo